गायक बाबु बोगटीको ‘होली’ गीत सार्वजनिक (श्रव्य दृश्य -भिडीयो)

इनेप्लिज २०७५ चैत १ गते १३:२६ मा प्रकाशित

गायक बाबु बोगटीको‘होली’ गीत सार्वजनिक भएको छ । यस गीतलाई गायक बाबु बोगटीले आफ्नै आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । २० बर्षे लामो सांगीतिक यात्रामा बोगटीको यो पहिलो ‘होली’ गीत हो ।

रंगहरुको महान चाड होली पर्वको अवसरमा गायक बोगटीले निकै रमाइलो होली सन्दर्भको गीत सार्वजनिक गरेका छन् । गीतात्मक (लिरिकल) भिडियो सहित सार्वजनिक भएको यस गीतमा संगीत तथा स्वर गायक बोगटीकै रहेको छ भने गीतमा बविन्द्र नेम्वांगको शब्द रहेको छ ।

गीतमा मोहित मुनालको प्रवन्ध (एरेन्ज) रहेको छ भने शक्ति घिमिरेले गीतात्मक श्रव्य दृश्य बनाएका हुन् ।

प्रतिक्रिया