श्रीमान चालक, श्रीमती सहचालक, महिनाकै लाखौं कमाइ, सलाम छ यी पौरखी जोडीलाई [भिडियोसहित]

इनेप्लिज २०७५ फागुन ३० गते २२:२७ मा प्रकाशित

पिएनपीखबर, भक्तपुर। हामीले धेरैले प्रेमका कथा सुनेका छौँ । रोमियो-जुलियट, लेला-मज्नु, सलिम-अनारकली, मुना-मदनजस्ता वियोगान्त अन्त्य रहेको छ। ती केवल काल्पनिक कथा थिए, जुन सुन्दा हामीलाई निकै वियोगान्त लाग्छ। तर भक्तपुरमा यस्ता जोडी भेटिएका छन् जो एकार्कासँग निकै खुसि छन्। ती हुन् दिल बाहादुर वाईबा र लक्ष्मी वाईबा।

उनीहरु अहिले महालक्ष्मीमा बस्दै आएका छन्। २०४२ साल देखि नै उनीहरु काठमाडौँ बसोबास गर्दै आएका हुन्। चालक र सहचालकको पेसा भने उनीहरुले गर्न थालेको १८ वर्ष भईसकेको छ। दिल बाहादुर नविदेशिएका पनि होइनन्। उनी साउदी पनि गए दुबई पनि गए तर अन्तिममा नेपाल नै प्यारो लग्यो उनलाई। आफ्नो श्रीमतीसँग रमाउदा नै उनी अहिले खुसि छन्।

दुई श्रीमान श्रीमती अहिले एउटै गाडीमा मिलेर काम गर्छन्। शुरुमा उनीहरु शाहुको गाडी चलाउथे। अहिले उनीहरुको आफ्नै निजि गाडी छ। उनीहरुले आफ्नै गाडी किनेको ५ वर्ष भयो। सोहि गाडीमा श्रीमती सह चालकको रुपमा काम गर्छिन अनि श्रीमान गाडी हाक्छन्। पेसेन्जरलाई गन्तब्य सम्म पुराइदिन्छन्। काम सकेर घरतिर मोडिन्छन्।

महिला भएर सहचालकको काम गर्दा दुर्व्यवहार महसुस हुन्न भन्ने प्रश्नमा लक्ष्मीले मुस्कुराउदै भनिन् ,’अहिले सम्म त्यस्तो भएको छैन। महिला भएर यस्तो काम गरेकोमा पेसेंजेरहरु पनि राम्रै व्यवहार गर्छन्।

महिनाको डेढ लाख मज्जाले बचत हुन्छ उनीहरुको। उनको दुई छोरा एक छोरी छन्। जेठो छोरा पर्यटककै बस हाक्छन्। कान्छो छोराको अध्ययन सकिएको छैन। छोरीको कन्यादान गरिसकेका छन् उनीहरुले । खुसीसाथ बचेका छन् यी दम्पत्ति अहिले।

बाँकि भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया