नेपालको एउटा भुस्याहा कुकुर- जसले चढ्यो छ हजार मिटर अग्लो हिमाल(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ३० गते २२:१८ मा प्रकाशित
नेपालको एउटा भुस्याहा कुकुर अहिले विश्वभर चर्चित छ । त्यो कुकुर रातारात सेलिब्रेटी भएको छ र उसका तस्वीर तथा समाचार भाइरल हुने क्रममा छ । बिबिसिका अनुसार त्यो कुकुरले बिना कुनै सहायता सगरमाथा नजिकै रहेको ६ हजार ६ सय ९५ मिटर अग्लो हिमाल चढेको छ । हिमाल आरोहण गरिसकेपछि पनि त्यो कुकुर सामान्य जस्तै यताउती दौडिएर आरोहण दलका सदस्यलाई चकित पारिदिएको छ ।अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको सो कुकुरले सफलतापूर्वक हिमाल आरोहण गरेपछि त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ राखेका छन् ।
यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन् । वास्तवमा वारगोस्की र उनको टोली बरुणत्सेको आरोहरण गर्दैगर्दा १७ हजार फिट माथिबाट कुकुरले उनीहरुलाई पछ्याउन सुरु गरेको थियो । तर केही समय पछि लागे पनि टुप्पोसम्मै सँगसँगै आउने अपेक्षा नगरेको उनीहरुले बताए ।यसरी हिमालको टुप्पोमा पुग्दा वारगोस्कीले नै त्यसको नाम मिरा राखिदिएका हुन् । जस क्रममा मिरा र वारगोस्की एकअर्काका प्रिय भएका हुन् । त्यसबीच रातिको समयमा तातो रहन मिरा वारगोस्कीकै टेन्टमा बसेको थियो ।
 भिडियो –

प्रतिक्रिया