११ बुँदेपछि जनताको आक्रोश देश जोगाउन संघर्षमा उत्रनुपर्यो

इनेप्लिज २०७५ फागुन ३० गते २२:०७ मा प्रकाशित

सरकारले स्वतन्त्र मधेश गठबन्धनसंग गरेको ११ बुँदे सहमतिलाई लिएर व्यापक आक्रोश उत्पन्न भैरहेको छ । सो सहमतिपछि नेपालबाट मधेश अलग गर्ने मुद्दाले वैधानिकता पाएको भन्दै सिके राउत पक्षधरहरुले खुसियाली मनाइरहेका छन् र उनीहरुले अब स्वतन्त्र मधेशको प्रतिनिधित्व संयुक्त राष्ट्रसंघमा पनि हुनसक्ने भन्दै आइरहेका छन् ।सिके राउत पक्षले मधेशका विषयमा जनमतसंग्रह गर्न सरकार तयार भएको भनिरहँदा सरकारले यस विषयमा जस्तो सक्रियता देखाउनुपर्ने हो त्यो देखाइरहेको छैन ।

जनमतसंग्रहमार्फत मधेशको समस्या हल गर्ने सहमति भयो भनिए पनि सरकारले आधिकारिक रुपमा यसको खण्डन नगर्दा जनतामा आक्रोश उत्पन्न भएको छ । देशका विभिन्न स्थानमा सिके बिरुद्ध प्रदर्शन भएका छन् । यसबीचमा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । यिनै विषयमा काठमाडौंकाा केही सर्वसाधारणसंग गरिएको कुराकानीको भिडियो यहाँ प्रस्तुत छ–

vvvv

प्रतिक्रिया