नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्द प्रभावहिन बनेको छ । केहि पहाड क्षेत्रमा बन्दको सामान्य प्रभाव देखिएपनि बाँकी क्षेत्रमा भने असर नदेखिएको प्रहरीले जनाएको छ ।
पार्टी प्रवत्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा विप्लव समुहले बन्दको आवह्वान गरेको थियो । बन्दले प्रभाव भने अत्यन्तै कम देखिएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् भने बजार तथा कलकारखाना सञ्चालनमा रहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द भएका छन् ।
बन्दको प्रवाह नगरि सडकमा सधैँ झै सवारी साधन गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केहि स्थान बम राखेर तर्साउन खोजेपनि जनजीवनमा भने खासै प्रभाव परेको छैन् ।
https://www.youtube.com/watch?v=T1O5yMzpUKY
प्रतिक्रिया