अन्तरराष्ट्रीय कविता महोत्सवका विजयी कविहरूलाई काठमाडौंमा पुरस्कार वितरण

गोविन्द गिरी “प्रेरणा “ २०७५ फागुन ३० गते १०:३३ मा प्रकाशित

अमेरिककाको व्लड डोनर्स एसोसिएसनको दोश्रो वार्षिकोत्सवको उपलक्षमा सन् २०१८ मा आयोजित अन्तरराष्ट्रीय नेपाली कविता प्रतियोगिताका विजयी कविहरूलाई काठमाडौंमा एक समारोहका वीच पुरस्कार रकम तथा प्रमाणपत्र हस्तान्तरण कार्य सम्पन्न भयो ।

व्लड डोनर्स एसोसिएनका तर्फवाट साहित्यकार तथा गीत संगीत क्षेत्रका प्रतिभा महेश्वर पन्तको संयोजकत्वमा अमेरिकाको टेक्सासस्थित डालास सहरमा सोप्रतियोगिता सम्पन्न भएको थियो जसमा नेपालका कविहरू रमेश सागर प्रथम, गीता पुडासैनी दोश्रा तथा रामगोपाल आशुतोष तेश्रा भएका थिए ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रमाणपत्र तथा कविता प्रतियोगिताका संयोजक महेश्वर पन्तले नगद हस्तान्तरण गर्नुभएको थियो !

पुरस्कारको राशी प्रथमलाई रु चालीस हजार, दोश्रालाई रु वीस हजार तथा तेश्रालाई रु दस हजार रहेको थियो ।

प्रतिक्रिया