” उघार नेत्र बेलैमा, संसार कहाँ पुग्यो हेर कमरेड चंद “

इनेप्लिज २०७५ फागुन २९ गते २२:५२ मा प्रकाशित

उघार नेत्र बेलैमा, संसार कहाँ पुग्यो हेर कमरेड चंद
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

नठान सत्ता बन्दुकको नालमा मात्रै टिकेको छ,
दशक लामो द्वन्दबाट देशले पाठ सिकेको छ
नगर राजनीती जाती, बर्ग, अनि साम्यबादको नाममा
खोक्रा नारामा हैन अब जनता, बिश्वास गर्छन काममा
क्रान्ति भन्दै आज गरेको हिंसा, भोली बन्ला गलाको फंदा
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

हिजोका अवसरवादी कमरेड मित्र,छन् तिम्रै समक्ष
कोई छन् सत्ताधारी आज, कोई छन् पार्टी अदक्ष
हजारौं मारी, करोडौं लूटी, ती भए कानून-माथि अब
आतंकवादी भई आज, एकलियौ तिमि बिप्लव
बेरोजगार, निहत्था जनतासँग अब, कति लुट्छौ चन्दा?
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

छाडौं अब हिंसा, बिखंडन, अनि राज्यको दोहन,
आउ गरौं पहाडको चिन्तन, मधेशको मंथन!
बिबेकशील बनौ अब, खोजौं साझा समाधान
आर्थिक बिकाश गर्ने की सँधै बदलिरहने संबिधान?
खोक्रा नारा आफैँ टुट्छन, देश सम्बृद्ध बन्दा
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

हसिया-हथौडा झण्डामा मात्रै हैन, काममा पनि लगाऔं
बन्दुक-बारुद हैन अब नेपालमा, उद्योग-धंदा चलाऔं
आउ कमरेड आउ, मूल्य-मान्यताको रजनीतीमा आउ
आर्थिक क्रांति गरी अब, यसै पुस्तामा देश बनाऔं
कल्याणकारी लोकतंत्र चाहन्छन् आजका सचेत जनता
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

उघार नेत्र बेलैमा, संसार कहाँ पुग्यो हेर कमरेड चंद
लोकतंत्र संस्थागत गरौँ अब, छोड़ बन्दुक-बारुदको धंदा

प्रतिक्रिया