तीन करोड ठग्ने महिला जेल गईन्, पाँच करोड धरौती दिन नसक्दा यस्तो भयो (भिडियो) 

इनेप्लिज २०७५ फागुन २९ गते ११:२५ मा प्रकाशित
सयौं व्यक्तिहरुसंग पैसा मागेर करौडौं कुम्लाएर बेपत्ता भएकी बाग्लुङकी सरिता कुमारी रानालाई कास्की प्रहरीले गत माघ ८ गते सार्वजनिक गर्यो । पोखरा लेखनाथमा बस्ने, राम्रो गाडी चढ्ने, काम गर्नलाई घरमा कामदार राख्ने र विभिन्न व्यवसाय छ भन्दै सयौंसंग रकम मागेर उनी फरार भएकी थिईन् ।
माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पर्याे । ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो । ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्याे । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुर मुद्दा दायर गर्याे । उनै सरीता अदालतको आदेशपछि अहिले कास्की कारागारमा छन् ।
अदालतले ५ करोड धरौटी मागेकोमा बुझाउन नसकेपछि सरीतालाई जेल चलान गरिएको हो । जनकलाल लोहनीको जाहेरीमा परेको मुद्दामा १२ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको मुद्दा शाखाका नायव सुब्बा रामप्रसाद न्यौपानेले बताए । उक्त मुद्दामा थुनछेक वहसपछि मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात ५ करोड रुपैयाँ धरौटीको आदेश गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई कास्की कारगार चलान गरिएको हो । थप बिबरण भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया