शताव्दीपुरुष सत्यमोहन जोशीलाई कालिभक्त पन्त अन्तरराष्ट्रिय पुरस्कार

गोविन्द गिरी “प्रेरणा “ २०७५ फागुन २९ गते ४:१० मा प्रकाशित


नेपाली लोकसाहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् सत्यमोहन जोशी कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारवाट नगद रु. १०१,०००।— पुरस्कार राशीसहित सम्मानित भएका छन् ।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कारले पुरस्कृत हुने जोशी पहिलो व्यक्तित्व हुन् । उनलाई पुष्प गुच्छा, माला, खादा, सम्मानपत्र तथा नगद पुरस्कारले सम्मानित गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले तथा संस्थाका पदाधिकारीहरुले सम्मानित गरेका हुन् ।

कार्यक्रममा संस्कृतिविद कालिभक्त पन्तवारे चर्चा गर्दै वाग्लुङ्वाट आएका साहित्यकार तथा रत्न श्रेष्ठ पुरस्कारका संस्थापक प्रेम छोटाले कालीभक्त पन्त त्यसवेला राणा सरकार विरुद्धको आन्दोलनमा लागेका सेनानी भएको र प्रजातन्त्रको उदयपश्चात तात्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाई प्रजातन्त्रका सेनानीलाई पेन्सन दिनुपर्ने माग राख्दा सुनुवाइ नभएका कारण नेपाली लोकसाहित्यको उत्थानमा लागेको कुरा बताए । त्यसबखत पनि जातभातको छुवाछूत र रजस्वलाका विषयमा हुने विभेदका विरुद्धमा कालीभक्त पन्त खरो रूपमा उत्रिएका कुरा बताएका थिए ।

साहित्यकार गोपीकृष्णले पनि स्रष्टा कालीभक्त पन्तको नेपाली लोकसाहित्यका क्षेत्रमा रहेको योगदानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा पुरस्कृत प्रतिभा शताव्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक क्षेत्रमा आफू शुरुमा लाग्दाको रोचक प्रशङ्ग सुनाउँदै राष्ट्रको पहिचान सँस।कृति नै भएको वताउनु भयो ।

पुरस्कार स्थापना र पुरस्कारको विस्तृत चर्चा गर्दै साहित्यकार तथा कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानका महेश्वर पन्तले विदेशमा वसे पनि स्वदेशको पहिचानको लागि काम गरेको बताउँदै कालिभक्त पन्तको वाटो पछ्याएको वताउनु भयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले सवै काम सरकार, सरकारी निकाय र प्रज्ञा प्रतिष्ठानवाट मात्र सम्भव नहुने र यस्तै प्रतिष्ठानहरुले गर्दा नै राषट्रको समग्र साँस्कृतिक जगेर्नामा टेवा पुग्ने वताउनु भयो ।

स।मरणीय छ, कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार विदेशमा बसेर पनि नेपाली लोक साहित्यमा योगदान गर्ने व्यक्तिलाई १००१ युएस डलर र नेपालमा बसेर योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष रु. १०१००० पुरस्कारसहित सम्मान गरिनेछ ।

प्रतिक्रिया