सरकार र सिके राउत बिच को सम्झौतामा बारे प्रचण्ड यस्तो भन्छन् | ( भिडीयो सहीत )

इनेप्लिज २०७५ फागुन २९ गते १:४२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा पृथकतावादी आन्दोलन चलाईरहेका सिके राउतसंग हालै मात्र सरकारले गरेको सहमतिका सम्बन्धमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन् ।

पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले राउतसंगको ११ बुँदे सहमति राष्ट्रिय एकता र अखण्डताको रक्षाका खातिर गरिएको दावी समेत गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले राउतसंगको समहतिमा उल्लेख गरिएको जनअभिमत भन्ने शब्दको अपब्याख्या गर्दै अर्नगल प्रचार नगर्न सुझाए ।

प्रतिक्रिया