यात्रा सम्वाद्

सुशील नेपाल २०७५ फागुन २७ गते २२:२१ मा प्रकाशित

म नेपालमै छदां काम विशेषले धनकुटा जाने वसमा धरानबाट चढें ।छेऊको सीटमा एकजना भलाद्मी वुज्रुक आएर वस्नु भयो । ज्यादै रमाईलो मान्छे हुनु हुंदो रहेछ । एकछिन पनि चूप लागेर वस्न न सक्ने। मलाई रमाईंलो लागीरहेको थियो । वस ड्राईभर, कन्डक्टर सवैले चिन्दा रहेछन , ऊहां पनि तिन्लाई चिन्ने ,र नाम पनि सवैको थाहा रैछ,।मलाई ऊहा नियमित यात्रु हो भन्ने बुझ्न धेरै वेर लागेन।

वस विस्तारै गुडन थाल्यो र एक्कै छिनमा रफ्तार सामान्य भयो। भद्र मानिसले कुरा कोट्याऊनु भो र सोध्नु भयो ‘ वावु के थरी ?
मैले भने ‘म नेपाल परें ।
ऊहाले भन्नु भयो ‘ कताको नेपाल? भोजपूरको ?
मैले होईन भन्न पनि नपाऊंदै ऊहांले सोध्नु भयो’ प्रदीप नेपाललाई चिन्नु हुन्छ ?
मैले भनें’ म चिन्दछु, ऊहांले थाहा छैन ।
ऊहांले सोध्नु भयो ‘ घर कहां नि ?
मैले भने ‘विराटनगर’
ऊहाले सोध्नु भयो’ विराटनगामा कहां नि ?
मैले भनें’ हाटखोला’
फेरि प्रश्न आयो ‘ हाटखोलामा कहां नि ?
मैले जवाफ पुरा गर्न नपाऊंदै सोधिहाल्नु भयो’ कस्का छोरा ?
फेरि प्रश्न आयो ‘ कति भाई?
फेरि प्रश्न आयो ‘ खाने खेत कहां छ नि ?’
काठमाण्डूमा चैं कहा नि ?’
के काम गर्नु हुन्छ ?

गाडी निरंन्तर गुडन थालेर रफ्तार लिए पछि एकै छिन पछि फेरि शुरू गर्नु भयो ‘ए साच्ची हाटखोलामा त मेरो काकाको नाति वस्छ फलानो , चिन्नु हुन्छ ?
मैले के चिन्नु दुई दिनको लागि विराटनगर आको मान्छे ।
फेरि सुरू भो’ विवाह भयो ?
ससुराली कहां?
ससुरा के गर्नु हुन्छ ?
मैले पनि विरगंजमा फलानो फलानो लाई चिनेको छु ।
मलाई रमाईलो लागी रहेको थियो,मोनौं ऊहांले मेरो पुरै व्याक ग्राऊन्ड चेक गर्दै हुनुहुन्थ्यो ।
ऊहांले सोध्दै जानु भयो ,

मैले भन्दै गए । वाटोमा पढन भनेर एऊटा कान्तिपूर किनेको थिएें, त्यस्को पालो आएन ।
आठ घन्टाको यात्रा कट्यो । मैले पनि सामान्य कुरा सोधें हूंला । तर मेरो पालो आए पो ।
रमाईंलै गरि समय कट्यो । म धनकुटामा वसवाट ऊत्रे र भाऊजूको होटल तिर लागें एऊटा कुरावाट म अभ्यस्त भै सकेको थिए जहिले जहां गए पनि यो प्रश्नवाटै सम्वाद सुरू हुन्छ ‘वावु के थरी पर्नु भो होला ?’

त्यस पछि समय वित्यो । यो कुरा मैले झट्टै विर्षनै सकिन ।
केही महिना पछि अमेरीका आईयो । संगै नेपालका दुई चार संस्कार पनि ल्याईएछ क्यार,। आफ्नो वारे आफूलाई भन्दा अरूलाई वढी जानकारी हुन्छ ।
अमेरीकामा म काम गर्ने ठाऊं साऊथ स्टेशनमा दिनहूं सयकडौं मान्छेको आवत जावत हुन्छ । विभिन्न जाती रंग, मुलुकका यावत संसारकै मान्छे भेटिन्छ ।
एक दिन मैले यही अमेरीकामा नै जन्मेको वंगाली ठीटो भेटें ।

नेपालमा लागेको वानीको प्रथम प्रयोग गरें र सोधें ‘तिमी कुन देशको वंगाली ?
ऊस्ले भन्यो ‘ वंगलादेश’
मैले सोधें ‘ यहां कहां वस्छौ ?
ऊस्ले भन्यो ‘ न्यूयोर्कमा ।
मैले सोधें ‘ न्यूयोर्कमा कहां ?
ऊस्ले भन्यो ‘क्वीन्स मा ‘
मैले भने क्वीन्समा त धेरै नेपाली पनि वस्छन नि ।
तिमी क्वीन्समा कहां वस्छौ नि ?
ऊस्लाई झर्को लागेछ र झर्कियो ।
तपाईलाई मेरो वारेमा यत्रो जानकारी किन चाहियो ?
मेरो व्यक्तिगत जानकारी नलिएर चूप लागेर के काममा आऊनु भएको हो गर्नुस र जानुस । वेफ्वाकंमा । फक भन्दै झर्क्यो साथी त ।
मैले नेपालमा जानेको तै हो, मैले त ति वुझ्ररूक मान्छे जति पनि सोधेको थिईन ।
हे राम ! भनेर एऊटा पाठ सिकेर आफ्नो वाटो लागें ।

३/६/१९
राजमित्र प्रांगण,
माल्डेन,वोस्टन
अमेरीका ।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया