आयोजक रन्जितालाई १२ लाखको घुस खाएको आरोप, यथार्थ यस्तो[भिडियो सहित]

इनेप्लिज २०७५ फागुन २६ गते १३:५७ मा प्रकाशित

पिएनपिखबर : नायिका रन्जिता लामा विगत १० वर्ष देखि मिस तामाङ्गको आयोजकको रुपमा सक्रिय छिन् । उनले तामाङ्ग समुदायमा आधारित चलचित्रहरुमा पनि नायिकाको रुपमा देखिएकी छिन् । काभ्रेमा घर भएकी लामा हालै काठमाडौँको नयाँ बानेश्वरमा बस्ने गर्छिन। उनको आयोजना रहेको यस वर्षको मिस तामाङ २०१९ को ताज सरिता पाख्रिनले जितेकी छिन् ।

राजधानीमा शनिबार भएको फाइनल फिनालेमा २३ जना प्रतिस्पर्धीलाईपछि पार्दै पाख्रिनले मिस तामाङको ताज पहिरिएकी हुन् । सरिताले प्रतिस्पर्धामा जीत हासिल त गरिन तर उनमाथि आरोप पनि लाग्यो । उनलाई १२ लाखमा ताज किनेको आरोप लागको छ भने मिस तामाङ्गको आयोजक रन्जिता लामाले १२ लाखको घुस लिएको आरोप छ।

यस बारे मिस तामाङ्गको आयोजक रन्जिताले भनिन्, ”मिस तामाङ्गमा सहभागीहरुको क्षमतालाई उजागर गर्नु मेरो उद्देश्य हो तर म माथि पैसा खाएको आरोपमा कुनै सत्यता छैन। प्रतिष्पर्धीहरुलाई अरुले रन्जिता लामाको विरुद्ध लाग्ने भनेर उक्साएको हामीले पायौ।’

उनले थपिन, ‘एउटा प्रतिष्पर्धामा एक जनाको जीत हुन्छ त्यो विधान हो तर जति पनि सहभागी छन् ती मध्य पनि कोहि आफुले राम्रो गर्न नसक्ने र अरुले राम्रो गरेको देख्न नसक्ने प्रवृतिका पनि हुन्छन। जसले गर्दा धेरैले आलोचना गर्दै आफुमाथि आरोप लागेको हुनसक्छ।’

उनले आफ्नो छोरीलाई मिस तामाङ्ग बनाईदिनु भन्दै पनि प्रलोभन देखाउने धेरै हुन्छन तर त्यस्ता गलत काम आफुबाट कहिले नहुने उनले बताइन। मिस तामाङ्ग अभियानले पिछडिएका तामाङ्ग समुदायमा जनचेतना फैलाउने देखि थुप्रै सामाजिक कार्य गर्ने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया