देब्स राइको बीच बाटोमा

इनेप्लिज २०७५ फागुन २६ गते १३:४२ मा प्रकाशित

गायक देब्स राईको अर्को नयाँ म्युजिक भिडियो “बिच बाटो मै छोडी गयौ” बोलको गीत भर्खरै सार्बजनिक भएको छ, उक्त गीत गीतकार प्रमोद चामलिंगको रचनामा संगीतकार शिव संगम राईको सुमधुर संगीत रहेको छ l समाजमा घट्ने विभिन्न सुन्दर जोडीहरुमा आर्थिक संकट तथा शारीरिक अस्वस्थ्यता भैसके पछी टुक्रिने प्रेम सम्बन्धलाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ l

यस गीतमा देब्स राई ,नुमा राई र श्री शक्ति बराइलीले अभिनय गरेका छन् भने सुन्दर लामाले संगीत संयोजन रहेको यस गीतलाइ हाईलाइटस नेपाल को युटुब च्यानलबाट सार्बजनिक गरेका छन् l

इलामको चुलाचुलीमा जन्मिएको गायक राईले आफु प्रबाशमा रहेर पनि आफ्नो बचेको समयमा संगीत साधना गर्दै आफ्नो सांगीतिक यात्रालाई आघि बढाई रहेका छन् l गायकले यस भन्दा पहिले “फुल सम्झे” बोलको म्युजिक भिडियो सार्बजनिक गरि सकेका छन् l

प्रतिक्रिया