विन्ध्यवासिनी मन्दिरमा निर्माण गरियो लिफ्ट, राष्ट्रपतिबाट उद्‍घाटन( भिडियोमा हेर्नुहोस् यस्तो छ लिफ्ट)

इनेप्लिज २०७५ फागुन २५ गते १७:२३ मा प्रकाशित

कास्की – पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा एक करोडको लागतमा लिफ्ट निर्माण गरिएको हो ।

विन्ध्यवासिनी दर्शन गर्न आउने भक्तालुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरिएको हो । विशेष गरी अपाङ्ग, वृद्ध र बालबालिकालाई लक्षित गरी निर्माण गरिएको हो । एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवहन क्षमता ६८० किलोग्राम रहेको छ ।

प्रतिक्रिया