गज़ल

इनेप्लिज २०७५ फागुन २४ गते १२:३१ मा प्रकाशित

चोटव्यथा, बिषप्याला पिएर हाँस्ने यी नारी
समस्याका पहाड खियाएर हाँस्ने यी नारी ।

सोंच्नेले जे जे सोचून् , बोल्नेले जे जे बोलून्
टुक्रिएका खुसीहरु सिएर हाँस्ने यी नारी ।

जीवन पाई जगतमा, जननी कहलिन्छन्
आफ्नालाई खुसी सबै दिएर हाँस्ने यी नारी ।

च्यातीदिन्छन् ,फटाइदिन्छन् शब्द प्रहारले
तापनि सिङ्गॊ युग छातीमा लिएर हाँस्ने यी नारी ।

रश्मिला कवाङ ‘रश्मि’

प्रतिक्रिया