नारी

हजुरी शाह कंडेल २०७५ फागुन २३ गते २३:५५ मा प्रकाशित

जाग नारी जाग अव
युग निर्माण तिमीले गर्नुछ
जाग उठ नारी अव
ईतिहास तिमीले कोर्नु छ
पथरिलो बाटो होला तर
प्रगतिपथमा लम्कनु छ
सृष्टिकर्ता तिमी
दुर्गा ,लक्ष्मी सरस्वती
जिवनको सहि मार्ग पहिल्याउने
रामायण गीता पनि हौ
दया मांया कुट कुट भरिएको छ
सुन्दर जगतको माली
घर परिवारको बलियो आधार
आमा छोरी बुहारी बनी
जिवनको हरेक पड़ाव
सुझबुझले पार गर्छौ
जिवनरुपी मैदानको
एक साहसी योध्दा
परि आए महाकाली
घर समाज देशकै शान
धैर्य, त्याग र समर्पणले

सुशोभित ,
मांया ममताकी खानी
दमन गर्नेलाई बनाई खरानी
अात्मबिश्वासको गहना
निडर , निश्छल भाव लिई
प्रगतिपथमा लम्क
भावनामा अव डुब्नु हुन्न
अत्याचार त सहनु नै हुन्न
जाग नारी जाग अव
युग निर्माण तिमीले गर्नुछ
जाग उठ नारी अव
ईतिहास तिमीले कोर्नु छ।

आमा , छोरी बुहारी संपुर्ण नारीशक्तिलाई
नारी दिवसको शुभकामना

प्रतिक्रिया