छोराको अन्नप्राशन खर्च आश्रमलाई दिने देशकै उदाहरणीय नेताज्यू; यति धेरै रकम सहयोग

इनेप्लिज २०७५ फागुन २२ गते १२:४४ मा प्रकाशित

काठमाडौँ, २१ फागुन : प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो छोराको अन्नप्राशनमा लाग्ने खर्च एक संस्थालाई सहयोग गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित “नयाँ जीवन नेपाल” नामक संस्थालाई प्रदेशसभा सदस्य लामा दम्पतीको तर्फबाट सहयोगस्वरुप रु चार लाख प्रदान गरेर लामा दम्पतीले उदाहारणीय काम गरेका छन । उक्त संस्थामा २५ जना बालबालिका आश्रय लिइरहेका छन।

हिजो सोमबार “नयाँ जीवन नेपाल” मा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य लामाले उक्त रकमको चेक संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई हस्तान्तरण गरेका हुन्।

उक्त कर्यक्रममा बोल्दै देशसभा सदस्य लामाले सामाजिक रीतिरिवाजमा हुने अनावश्यक खर्च रकम सामाजिक कार्यमा प्रयोग गर्नसके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने बताए ।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया