मधेसी मुलको युबा र पहाडी मुलकी युवती को प्रेमकथामा सत्यम शिवम सुन्दरम को छायाँकन तिव्र गतिमा – (भिडियो सहित )

इनेप्लिज २०७५ फागुन २२ गते १२:१४ मा प्रकाशित

बिजि बर्मा फिल्मस प्रालीको ब्यानरमा निर्माण भैरहेको नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दरम “को छायाँङकन तिव्र गतिमा पुर्वाञ्चलको इलाम र झापाका विभिन्न क्षेत्रमा भैरहेको निमार्ण पक्षले बताएको छ ।

कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन निर्देशनमा सत्यम शिवम सुन्दरम को छायाँकन पुर्वाञ्चलमा भएको हो । मधेसी र पहाडी युवा युवती विचको त्रिकोणात्मक प्रेमलाई चलचित्रमा समावेश गरिएको सो चलचित्रकी निमार्ता कला राईले बताइन । चलचित्रमा बिमला गिरी,राजन महर्जन ,कृष्ण घलान,अन्जना श्रेष्ठ ,गितान्जली सुवेदी,ज्ञानेन्द्र चेम्जोङ,हिरण्य, धनराज सुब्बा,राजेस घतानी र नव प्रस्तुति मा रिचा भण्डारी को अभिनय रहेको छ । नरेश ऐर को छायांकन राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्जन को द्वन्द,बिपिन कटवाल को शृङार अनि शंकर अधिकारी को गीत रहेको छ । आगामी हरितालिका तिजमा रिलिज गरिने लक्ष्य सहित धमाधम छायांकनमा जुटेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया