पथरीमा दर्शकको मन जित्यो फिल्म पुरानो बुलेटले

गोपाल काफ्ले पथरी २०७५ फागुन २२ गते १२:०९ मा प्रकाशित

पथरी । गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’को पथरीमा च्यारिटी शो गरिएको छ ।

मोरङको पथरी शनिश्चरेस्थित कञ्चन चलचित्र मन्दिरमा च्यारिटी सो गरिएको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा।लि।को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर निर्माण गरिएको ‘पुरानो बुलेट’को च्यारिटी शोमा चलचित्रका नायक अनुप विक्रम शाही, नायिका माला लिम्बु र निर्देशक भीषण राईको उपस्थित हुनुभएको थियो । कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।

सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रतयार फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले रुचाएका छन् । उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । नायक अनुपबिक्रम र मालाले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि फिल्मबाट निक्कै उत्साहित भएको प्रतिक्रिया दिनुभएको थियो । चलत्रित्रका कार्यकारी निर्माता सन्तोष राईले फिल्म हेरिदिन आग्रह गर्दै फिल्मले मन जित्ने कुरामा विश्वत रहेको बताउनुभएको छ । यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया