एनआरएन को आठौं निशुल्क स्वास्थ्य शिविर सम्पन्न

इनेप्लिज २०७५ फागुन २१ गते १:२७ मा प्रकाशित

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २८ फेब्रुवरी र १ मार्च २०१९ का दिन गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाटि परिक्षण सेवा शिविर सम्पन्न भएको छ ।

यस स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता जनाउनु भएको थियो । उहांहरुले त्यहां सहभागी हुन आउनु भएका स्थानीय प्रतिनिधिहरु र समुदायसंग फोरमका गतिविधिहरु बारे जानकारी गराउनु भयो । विर अस्पतालका दन्त विशेषज्ञ डा. जयेन्द्र प्रधानांग र लाल गुरुङले नाक कान घाटी सेवा शिविरको नेतृत्व गर्नु भएको थियो भने प्रसुति अस्पतालका प्रसुति विशेषज्ञ डा. उन्नती अमात्य र डा. रमेश पौडेलले पाठेघर सम्बन्धि स्वास्थ्य शिविरको नेतृत्व गर्नु भएको थियो ।

महिला स्वास्थ्य शिविरमा २०० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । परिक्षण गर्न आएका महिलाहरु मध्ये करीव २४ जना महिलाहरुमा पाठेघर सम्बन्धि समस्या पाइएको र तिनीहरुलाई शल्यक्रियाको लागि काठमाडौं स्थित प्रसुति अस्पतालमा रेफर गरिएको छ र चाडैनै उनीहरुको निशुल्क शल्यक्रिया गरिने भएको छ ।

यसै गरी नाक, कान र दांत सम्बन्धि समस्या भएका करीव ५०० जना जति बालबालिका, महिला र पाको उमेर भएका पुरुषहरुको परिक्षण गरिएको थियो । समस्या भएका पुरुष तथा महिलाहरुलाई औंषधि उपचार गरिएको थियो । यस दौंरान स्वस्थ रहनको लागि सरसफाई सम्बन्धी जानकारी दिनुका साथै Hygienic Kits जसमा नेलकटर, दाँत माझ्ने ब्रस, मन्जन, काइयो, रुमाल र सेनेटरी टावल वितरण गरिएको थियो ।

यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गरेकोमा गाविस र त्यहांका स्थानीय बासिन्दाहरुले गैरआवासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तो कार्यक्रमको अपेक्षा गरेका छन् ।

यसै सन्दर्भमा दुप्चेश्वर गाउँपालिकाका उपप्रमुख अन्जु आचार्यले कार्यक्रम संचालन गर्नको लागि संयोजन गरिदिनु भएकोमा उहाँ प्रति आभार प्रकट गर्दै राउटेबेसीका वडा अध्यक्ष, राउटेवेसी र शिखरवेसीका स्थानीय समुदायहरु, शिविरमा संलग्न चिकित्सकहरु, सचिवालय र यस शिविर संचालनको लागि आर्थिक सहयोग गर्नु हुने सबै महिला फोरमका क्षेत्रीय उपसंयोजकज्यूहरु, सदस्यहरु, एनसिसि तथा आइसिसिका पदाधिकारी तथा सदस्यहरुलाई गैरआवासीय नेपाली संघ महिला फोरम हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

यसैगरी मार्च १ का दिन संघको महिला फोरमको पहलमा एफविनले महिला आयोजना गरेको सिलाइ सम्बन्धी दक्ष सिपमुलक तालिमको उद्घाटन कार्यक्रम नुवाकोटको पन्चकन्या गाउँपालिकामा आयोजना गरियो । संघका महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एफविनका सदस्यहरु र स्थानीय समुदायको सहभागीता रहेको थियो । नुवाकोटका विभिन्न गाउँपालिकाहरुबाट चयन भएका २० जना महिलाहरुलाई १ महिने सिलाई सम्बन्धी तालिम दिइने छ ।

प्रतिक्रिया