स्कुटरमा पेट्रोल हाल्न गएकी दिव्याको शब फेवातालमा भेटियो, हेर्दा–हेर्दै फेवातालमा प्याराग्लाईडिङ खस्यो (भिडियो)

इनेप्लिज २०७५ फागुन १९ गते १६:५४ मा प्रकाशित

पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधैं तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई मिनेटमै उनको घटना स्थलमै मुत्यु भएको हो । त्यस्तै पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै स्कुटरमा तेल हाल्न घरबाट हिडेको बताइएको छ । फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख कोमल शाहले बताए । थप विबरण भिडियोबाट हेर्नुहोस् ।

https://www.youtube.com/watch?time_continue=3&v=kNKTfxMzEtI

प्रतिक्रिया