बाबुले मृगौला दिदा समेत प्रत्यारोपण गर्ने खर्च नहुँदा मृगौला पिडित मनोजको परिवार रुदै मिडियामा (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७५ फागुन १९ गते १६:५० मा प्रकाशित

पिएनपिखबर : मृगौला फेल भएर उपचाररत मनोज कुमार रुम्बाले सहयोगको लागि याचना गरेका छन । काभ्रे घर भएका रुम्बाको दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत छन ।

उनी केहि वर्ष अघि रोजगारका लागि साउदी गएका थिए। उनी साढे ४ वर्ष पछि स्वदेश फर्किए। फेरी कमाईको लागि मलेशिया जाने तयारीमा थिए उनी। उनको भिसा आयो तर त्यति बेला रोगले च्यापिसकेको रहेछ। उनी थला नै परे र उपचार गराउन जाँदा मृगौला फेल भएको थाहाँभयो। उनी विगत छ वर्ष देखि डाइलिसीस गराईरहेका छन्। उनको भएको सम्पति सबै उपचार खर्च र घरको नुन तेलमा सकिसकेको छ। अहिले ऋण गरेर अहिलेसम्म उपचार खर्च जुटाईरहेका छन्।

उनको बुबाले मनोजलाई मृगौला दिन तयार छन् तर पैसाको जोहो गर्न नसक्दा उपचार हुन् सकेको छैन। मृगौला प्रत्यारोपण गर्न १०, १२ लाख लाग्ने डाक्टरले बताएका छन्। रुम्बाको आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाको भविष्यले पिरोल्न थालेको उनकी श्रीमतीले बताइन। उनकी श्रीमतीले जतिसक्दो सहयोग गरेर मेरो श्रीमानलाई बचाईदिनु भन्दै रुँदै सहयोगको अपिल गरेकी छिन्।

तपाई हाम्रो सानो सहयोगले मनोजले नयाँ जीवन पाउने छन। उनलाई सहयोग गर्नको लागि ९८०३४९२३२६ मा सम्पर्क गर्न सक्नुहुन्छ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया