आँप जोडीको रोमान्टिक भिडियो सार्वजनिक

इनेप्लिज २०७५ फागुन १९ गते १६:४८ मा प्रकाशित
सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम , सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ  भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा  देखाएका छन। नेपाली संगीत र सिनेमामा उनिहरुको योगदानले पनि यो प्रष्ट  हुन्छ।
हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकारका मध्यका एक बिकु क्षेत्री। सुमधुर स्वरका प्रतिभावान यी गायकले केही दिन अघि आफ्नो  पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन। “जाउ हिड” बोलको यस गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ ।   डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ।
रमाइलो ठाउँमा शुट गरिएको यस गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन।  सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन।

प्रतिक्रिया