लुट्न सके लुट’ धेरै कम भयो यहा त्यो भन्दा बडी र जतासुकै भष्ट्राचार लुट छ।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १९ गते १३:११ मा प्रकाशित

भ्रष्टाचार बिरोधि अभियान्ता उपसचिब प्रेम सन्जेले ले पशुपति सर्माको गित अझै अपुरो भएको ,मुलुकमा उन्ले भनेभन्दा धेरै लुट चलिरहेको प्रतिक्रिया दिएका छन । भ्रष्टाचारी बिरुद्ध लात ,बात र हात ले प्रतिकारगर्ने प्रतिबद्धता गर्दै आएका सन्जेल ले भ्रष्टाचार बिरुद्धको लडाइमा मर्न तयार भएको भन्दै अदालत समेत भ्रष्टाचार को अखडा भएको आरोपलगाएका छ्न । राजस्व भनेको देश को प्राण भएको भन्दै द्रब्य पिचास ,घुस्याहा भुस्याहा ,छुस्याहा ,जड्याहालाई मात्र जागिर जान्छ भन्ने चिन्ता भए पनि देश को हितमा बोल्दा जागिर होइन ज्यान गए पनि आफूलाई कुनै प्रवाह नभएको उल्लेख गरेका छ्न ।

अहिलेको अवस्थामा भ्रष्टाचार अथाहा भएको भन्दै नेपाल अहिले अन्तरास्ट्रिय जगतमै बदनाम भै रहेको बताएका छ्न । भ्रष्टाचारको सबै भन्दा धेरै ठुलो श्रोत कर्मचारी नै भएको भन्दै उन्ले प्रधानमन्त्री को नियतमै पनि प्रश्न गरेका छ्न । क देखि चरिचुच्छे च सम्मको कानुन लेखेर बिना अपराध गैरकानुनी रुपले आफुलाइ सरुवा गरेर दुझदिनु को कारण भ्रष्टाचार बिरोधि अभियान कै कारण भएको समेत दाबी गर्दै भ्रष्टाचार बिरोधी कर्मचारी मात्रहोइन ,कार्यकर्ता र नेता समेत असुरक्षित हुने स्थिती नेपालमा बिकास भएको उल्लेख गरेका छ्न । कानुन र नियमावली लागू गर्न नसकिने मुलुकमा बिधिको शासन कहाँ छ भनेर सन्जेलले राज्य सामु पटक पटक प्रश्न गर्दै आएका छ्न । सन्जेलको अभियानलाइ सामाजिक संजालमा लाखौ जनताले समर्थन जनाउदै यो अभियानलाई निरन्तरता दिन अनुरोध गर्दै आएका छन ।

प्रतिक्रिया