मन्त्री अधिकारीको मृत्युसंस्कार सात दिनमा सक्ने तयारी

इनेप्लिज २०७५ फागुन १७ गते ११:३५ मा प्रकाशित

काठमाडौं, १७ फागुन । दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको मृत्युसंस्कार सात दिनमा सकिने भएको छ ।

धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्ने मन्त्री अधिकारीको धारणा भएकाले काजकिरिया सात दिन कायम गर्न लागिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

उनले घरका सम्पूर्ण सदस्यहरुसँग सल्लाह गरेर यस्तो निर्णय गरेको जानकारी दिए । जसअनुसार मन्त्री अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।

प्रतिक्रिया