दुर्गन्धै छ यहाँ हटाउँन भनि चर्चा छ देशै भरी : मन थामेर सबै नेपालीहरुले हेरी दिनु होला (भिडियो)

इनेप्लिज २०७५ फागुन १७ गते ३:०४ मा प्रकाशित

कबिता रा रा। छन्द सार्दूलबिक्रीडित

जन्मेकी शिबको निवास नजिकै वाग्द्वार बाटै सती। यो नेपाल सुधा बनाइ रहने शोभा-प्रभा वाग्मती ।।
दुर्गन्धै छ यहाँ हटाउँन भनि चर्चा छ देशै भरी। आफ्नो सुन्दरता बुझाउ अब लौ रा रा ! तिमी नै झरी ।।१।।

भन्थे यो क्षितिमा बसेर मुनिले गर्थे तपस्या भनी। सेवा हुन्छ सधै महाँ शिब कनै आधार माला गनी।।
यस्तो पून्य धरा भए छ धमिलो फाल्नै नसक्ने गरी। आफ्नो सुन्दरता बुझाउँ अब लौ रा रा ! तिमी नै झरी ।।२।।

देशैको मुटु यो हिमाल तिरका साना ठुला नै झरी।। बस्ती ले बसुधा घिनालु हुँन गो बाटो र नाला भरी ।।
सासै थुन्छ हिलो गयो नगरको यी बाग्मतीमा परी। आफ्नो सुन्दरता बुझाउँ अब लौ रा रा ! तिमी नै झरी ।।३।।
पुरा भिडियोमा हेर्नुहोला :

लेखक : कबी मेघराज पौड्याल, कञ्चनरूप न.पा.७ आदर्शटोल, सप्तरी

प्रतिक्रिया