नेकपा का केन्द्रिय नेता तथा प्रतिनिधिसभा सदस्य बिजय सुब्बाले पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित सातजना सवार हेलिकप्टर दुर्घटनामा परि भएको असामयिक निधन प्रती गहिरो दुख ब्यक्त गर्दै यो घटना कुनै सुनियोजित षड्यन्त्र नभएर असावधानीका कारण भएको दुर्घटना बताउनु भएको छ । हेलिकप्टर को क्षमता भन्दा बढी यात्रु सवार हुनु , खराब मौसम हुदा हुँदै पाथीभरा जस्तो त्यति उचाइमा यात्रा गर्नु नै दुर्घटना को कारण हुन सक्ने उल्लेख गर्नु भएको छ ।
आफू पनि त्यसदिन तेह्रथुम को कारेक्रममा जान चाहेको र हेलिकप्टर मा सिट भए र जान सक्ने स्थिती भए म खबर गर्छु सगै जाउला भनेर रबिन्द्र सग भएको टेलिफोन कुराकानी नै रबिन्द्र सगको अन्तिम कुराकानी भएको भन्दै नेता सुब्बाले पछि रबिन्द्रले फोन नगरे पछि सिट प्याक भएछ भनेर आफु नगएकोले हेलिकप्टर दुर्घटनामा पर्न बाट बचेको सम्झना गर्दै दुर्घटना को खबरले आफू अत्यन्तै त्रसित र बिछिप्त भएको बताउनु भयो । रबिन्द्र एक इमान्दार ,भिजन दार ,स्पष्ट वक्ता र झुझारु युवा बिद्यार्थी नेता को रुपमा आफुले बिगतदेखी चिनेको र पछि आफ्नै बहिनी को साथी बहिनी विद्या भट्टराई सग रबिन्द्र को बिबाह भए पछि रबिन्द्र अझै हाम्रो परिवारको प्रिय र आत्मिय सदस्यको रुपमा रहेको समेत बताउनु भयो । रबिन्द्र र अन्य सदस्य को मृत्युले देशलाई अपुरणिय क्षति पुगेको भन्दै उन्को राजकिय सम्मानका साथ अन्तेस्ठी गर्ने तयारी भै रहेको कुरा समेत जानकारी गर्नु भयो ।
प्रतिक्रिया