यूरोप, गईयो,अमेरीकाको बसाई छ, समुद्रमा कयौं पटक नौका विहार गरियो,
यो खाईयो, ऊ खाईयो, पाऊरोटी देखि पीज्जा सम्म केही छोडिएन,
तै पनि त्यो धनकुट्टाको सुन्तलाले सताऊन छाडेन,
जिव्रोलाई लठ्ठ वनाऊन छाडेन,
भाऊजूको धनकुट्टे जाडोमा खाको बाक्लो दाललाई पछार्ने मैले कुनै फ्रेजर फूड भेटीन,
कोलोराडो त काठमाण्डौं मानें मैले,
तर गोसाईकुन्ड र लाहूरे भीरले चिंमोटन छाडेन,
सव थोक भएर पनि,
फेवाताल जस्तो सुकै भए नि,
जाऊं,जाऊं लाग्न छाडेन,!
विर्षन चाहन्छु, त्यताको धूलो र धूवां,
तर पशुपतिको परिक्रमागर्ने ईच्छाले वस्न टिक्न दिंदैन,
मोमो त यता पनि छ,
तर आंखामा जूजू धौ र जेरी स्वारी पनि आऊंछ,
चाहेर पनि छुटदैन रै छ त्यो माटोको गन्ध र वानेश्वरको घम्साघम्सी,!
हैन के छ त्यताको खवर,?
ईमान अझै विक्दैछ?
सोझा साझा विहान अखवारको हेडलाईन पढेर छक्क पर्दै छन ?
मैले त सकिन, तर कोई त होला नि कतै,
ई भष्मासुरलाई पछार्ने?
कि हामी सवै त्यस्तै हौ?
ज्यालादारी ?
१०/१०/१०१८
राजिमत्र प्रांगण,
माल्डेन, बोस्टन
अमेरीका !
प्रतिक्रिया