पिएनपीखबर, भक्तपुर। कल्पना बस्नेत (खड्का) माइजु-भान्जा काण्ड कि माइजु हुन्। उनका भान्जाले उनलाई सामाजिक संजाल मार्फत अश्लिल मेसेज गरेको भन्दै उनले माघ २७ गतेको दिन रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन समेत गरेकी थिईन्। उक्त पत्रकार सम्मेलनमा उनले अश्लिल मेसेज देखि सम्पत्ति सासुआमालाई ललाईफकाई गरी आमाजुले आफ्नो नाममा पास गरेको स्पष्ट पारेकी थिइन्।
घट्नाबारे सम्पुर्ण प्रमाण, बोलेको श्रब्य, अश्लिल तस्विर, धम्किीपुर्ण म्यासेज, सामाजिक संजालबाट गरेका लिखित बेईज्जति सबै आफुसंग सुरक्षित रहेको र आवश्यक पर्दा प्रमाण उपलब्ध गराउन तयार रहेको पीडितहरुको भनाई रहेको थियो। उनले आफ्नो तर्फबाट एकोहोरो कुरा राखिराख्दा अर्को पक्षको कुरा पनि मिडियामा आउनु पर्यो भनेर थुप्रै दर्शकले जनचासो देखाएका थिए।
यहिँ काण्डमा मुछिएकी सावित्री सुबेधिको कालो कर्तुत मिडियामा छरप्रस्ट भएपछि माइजु-भान्जा काण्डकि माइजु कल्पना बस्नेतकि सासु आमा पनि मिडियामा पहिलो पटक देखिएकी छिन्। जनचासोको विषयमा मिडियाले सत्य पत्ता लगाउन उनको आमालाई मिडियामा ल्याउन बाध्य भएको हो।
एक मात्र छोरा कृष्ण हरि खड्काकि आमा केहि दिन देखि आफ्नो छोरी सँगै बस्दै आएकी छिन्। कल्पना र कृष्णहरीले मागी विवाह गरेको भनिएता पनि उनीहरुले विवाह गरेको आमालाई थाह नै नभएको रहस्य खुलेको छ। उनले भनिन् ,’विवाह गरेको भनेर सँगै बसेको चाही थाह छ मलाई। अरु घरमा सल्लाह गरेका नि होइनन्। मैले मागेर उनीहरुको विवाह गराइदिएको पनि होइन।’
श्रीमान छदै बितेकोले छोरा छोरी हुर्काउन छोरी जुवाईसँग ऋण लिएको र सोहि ऋण तिर्न नसक्दा छोरीलाई जग्गा पास गरिएको आमाको भनाई छ। जग्गा पास गरिदिए पनि उनीहरुलाई बलि लगाउन भनेको तर बुहारी कल्पनाले नमानेको आमाले मिडियामा बताइन्।
घरमा बसुन्जेल आफुलाई बुहारीले कहिले पनि असल व्यवहार नगरेको आमाले गुनासो गरिन्। भावुक हुँदै उनले भनिन् ,’मलाई काट्छु र मार्छु भने। मलाई दुवै श्रीमान श्रीमती मिलेर एकै स्वरमा जलाएर खरानी पार्छु भने।’
बाँकि हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/watch?v=Kfdi5aKbKTc
प्रतिक्रिया