रबिन्द्र अधिकारीका बिर्सनै नसकिने भनाईहरु ! हेर्नुहोस एक पटक
इनेप्लिज
२०७५ फागुन १६ गते १२:२७ मा प्रकाशित
कास्कीमा जन्मेर राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल युवा नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले कास्की शोकमा डुबेको छ ।
बुधबार बिहानैदेखि कास्कीको मौसम खराबसमेत भएको थियो । मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर दिउँसो एकाएक सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकले भगवान्सँग प्रार्थना गर्दै बसेका थिए । अन्ततः दैवको लीला दुःखद खबर सञ्चार भयो । सो खबरले सबैको आँखा रसाएका छन् ।
समग्र राष्ट्रले समेत मन्त्री अधिकारीबाट भविष्यमा परिवर्तनको अपेक्षा गरेकोमा सो सपना एकाएक चुँडियो । अल्पायुमै भएको निधन सपनाजस्तो भएको महसुस जिल्लावासीले गरेका छन् । उनको निधनको खबरले पोखरा–५, मालेपाटनस्थित उनको घरमा क्षणभरमा शुभचिन्तकको भीड देखियो । आफन्त, शुभचिन्तक, नेकपासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड लागेको थियो । रबिन्द्र अधिकारीका बिर्सनै नसकिने भनाईहरु यस्ता छन् हेर्नुहोस एक पटक भिडियो
प्रतिक्रिया