गर्जीए महानायक राजेश हमाल: साथीको लागि यो हात सलाम दुश्मनको लागि यही हात फलाम।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १६ गते १२:०१ मा प्रकाशित

मित्रकालागी यी हात सलाम दुस्मनकोलागी यी हात फलाम भन्ने फिल्मको एक डाइलक मात्र पनि राजेसहमाललाई चिन्न काफी थियो एक जमानामा , सदाबहार उस्तै लोकप्रिय हिरो महानायक राजेस हमालले उजेली तामाङले अध्ययन गरिरहेको जेनिसेस एकेडेमी को एक कार्यक्रममा निक्कै भाबुबक मन्तव्य राख्नु भएको छ।

समान आर्थिक र पारिवारिस्थिती नभएको हाम्रो समाजमा जेनिसेस एकेडेमी जस्ता विद्यालयहरुले ठूलो योगदान पुर्याइरहेको र पुर्याउन आवस्यक रहेको उल्लेख गर्नु भएको छ । कारेक्रममा हमाल ले बि बि सि नेपाली कारेक्रम र उजेली तामाङ सगको बिगत सम्झना गर्दै उजेली को जिवनले पाइरहेको शिक्षा को उज्यालो देख्दा आफू अत्यन्त खुसी भएको उल्लेख गर्दै सामाजिक र आर्थिक असमानताको अन्त्य गर्ने सबै भन्दा ठूलो माध्यम शिक्षा नै भएको उल्लेख गर्नु भएको छ ।

विद्यार्थी र बिद्यालय प्रती अभिभावकको भुमिका पनि महत्वपूर्ण विषय भएको भन्दै अभिभावकले कर्तव्य बारे सचेत रहनु पर्ने कुरा समेत सुझाउनु भएको छ । शिक्षा को जग बलियो भए मात्र मुलुकको सबै छेत्र निकायको जग बलियो हुने भन्दै हमालले शिक्षामा सबैको पहुच अनिवार्य बनाउन सरकार र अभिभावक जिम्मेवार हुनुपर्ने कुराको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया