बा ले धेरै रहर गरेकोले ऊन्ले बा लाई अमेरीका घुमाऊन झिकाए,। गर्मिको मौषम थियो, सबै परिवार समेत बा लाई मेन राज्यको रमणिय स्थल बारहारबर लगे ऊन्ले,।
बारहारबरको प्राकृतिक सुन्दरता भन्दा पनि त्यहांको बाताबरण संरक्षणले पो बा लाई मख्ख पारेछ,
ऊन्ले सोधे- कस्तो लाग्यो बा लाई ?
बा मुसुक्क हांसेर प्रति प्रश्न गरे-ईलाम गा छस ?
बा ले सोधेका हुन कि भनेका हुन ऊन्ले बुझ्नै सकेनन् ।
त्यस पछि त्यहांको नामी माछाको परिकार खान बा लाई निकै राम्रो, नामी होटलमा लगे । बा लाई मिठो लागेन,।
त्यतिकैमा त्यहां कल्याड्ग, मल्यांड्ग भयो, ठूलै जात्रा भए जस्तो ।
भएको के रहेछ भनें त्यहां एऊटा थुम्को रै छ,नारीको वक्षस्थल जस्तै, त्यसलाई वुव्स माऊन्टेन भन्दा रैछन, हजारौं हजार , नर, नारी वाल वच्चा त्यो थुम्को हेर्न तछाड मछाड गरेको देखेर बा ले कैतुहलताबस के को यत्रो भिंड हो भनेर च्याएका त एऊटा फुच्चे पहाडको थुम्को देखेर ‘हाऊ नाईस, औसम, भनेर तमाम मान्छे चिच्याई रहेका रहेछन एऊटाले बा कानैमा आएर भन्यो- ‘वा ऊ ह्वाट ए माऊन्टेन ।’
यसपाली बा लाई के भनु के भनु लाग्यो र छोरालाई झपारे: तैले मलाई यै हेर्न यत्रो टाढा ल्या’को । यो त हाम्रो विजयपूरको डांडो भन्दा पनि सानो छ, मूर्ख । विजयपूरमा त हामी धरानवाट दस चोटी दिंनहू ओहोर दोहर गर्थ्यौं वुझिस ।
बा ले एक दुई दिन समुन्द्रको छालको मजा लिए र ऊन्लाई भनें- ‘अव तेरो पाले घुम्ने ‘
आंघू नेपाल आईज तलाई म नेपाल घुमाऊंछु।
ऊन्ले ट्वाल्ल परेर बा को मुख हेरे!
६/२८/१८
साऊथ स्टेसन,
बोस्टन,
प्रतिक्रिया