ललितपुर को नख्खु स्थित एनसेल हेड्क्वाटरलाई तार्केट हुन सक्ने आसङ्का गरिएको बम बिस्फोटनमा दर्जनौं सर्बसाधारण को घर मा छ्यती पुगेको पाइएको छ भने तीन जना सर्बसाधारण नागरिक घाइते भनिएको मा एकको मृत्यु भैसकेको जानकारी प्राप्त भएको छ । स्थानियले उक्त बिस्फोट नेत्र बिक्रम चन्द नेतृत्व को माओबादीले गरेको हुन सक्ने आसङ्का ब्यक्त गर्दै विस्फोट को निन्दा र भर्सना गरेका छ्न ।
विस्फोट मा एनसेल हेडक्वाटरलाई भने कुनै क्षति नपुगेको स्थानियले बताएका छ्न । पक्की सडक समेत भ्वाङ परेको घट्ना स्थल मा घरका सिसाहरु फुटेर सडक छोपिएको छ भने प्रहरीले सिसा पन्छाउने कार्य गरेको छ । हेर्दै बीभत्स देखिएको घट्ना स्थल मा रगतका टाटाहरु देखिएका छ्न । भने स्थानीय जनजिवन त्रसित बनेको छ ।
प्रतिक्रिया