मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

इनेप्लिज २०७५ फागुन १४ गते २३:४८ मा प्रकाशित

अब तरकारीको कसरी गरौं खेती, प्रचंडज्यूसंग सोध्नु छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

जनवादको नाउँमा, नातावाद को बिउ रोप्नुभो कमरेड

जनताको आँशुले सिंचाई, मार्सी फलाई, भर्नुभो आफ्नै पेट

तपाईंहरुले देश बनाउनुहुन्छ भन्ने भ्रमको चंगा भइसक्यो चेट!

तपाई पछि प्रधानमंत्री को? बुहारी की छोरी-बेटी ??, प्रचंडज्यूसंग सोध्नु छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग छ

चिल्ला गाड़ी मैं चढ़ूँ, मेरो मात्रै भूड़ी भरूँ

मेरै जहनिया राज़ होस, मतपत्रनै च्यात्नु परोस बरु

हजारोंले ज्यान गुमाए, पलायन भए लाखौं युवाहरु!

जनताको रगतको मोल कती?, प्रचंडज्यूसंग सोध्नु  छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

तिम्रा ती हिजोका स्वार्थी र खोक्रा साम्यवादी नाराले

के दियो आखिर देशलाई?, के पाए त आखिर सर्वहाराले ??

बेरोजगार भए युवा आज, दुखपाए नेपाली सराले!

युवाबिहीन भयो देश, कति भो अर्थतंत्रको क्षति?, प्रचंडज्यूसंग सोध्नु  छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

घुम्ने मेच माथि धेरै अन्धाहरुले राजगरे हाम्रो सुन्दर देशमा

दूरबीनधारी विवेकशील साझा युवा जुट्दैछन अब देश-विदेशमा

जन-चेतनाको विहानी भइसक्यो, ब्वाँसा लाई चिनिसक्यौं भेड़ाको भेशमा!

जनहितको लागि कैले छोड्छौ राजनीती?, प्रचंडज्यूसंग सोध्नु  छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

अब तरकारीको कसरी गरौं खेती, प्रचंडज्यूसंग सोध्नु छ

मार्सी चामल फलाउँ की? छरौँ मेथी ??, प्रचंडज्यूसंग सोध्नु छ

 

प्रतिक्रिया