बुधबार, माघ ५ २०७८
काठमाडौं १७:३१
वासिङटन डिसी 06:46

कुटपिटबाट एक जनाको मृत्यु, दुई अभियुक्त पक्राउ

इनेप्लिज २०७५ फागुन १४ गते ११:२५ मा प्रकाशित

रुकुम(पूर्व), १४ फागुन । कुटपिटबाट मृत्यु  भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-३ बाङ्गेडाँडा बस्ने २३ वर्षीय गोबिन्द पुन र दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने ट्याक्टर चालक २४ वर्षीय शिवराज राना छन् । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाो ।

पुन र रानाको कुटाईबाट बाँके नेपालगंज राँझा बस्ने ४६ वर्षीय दिपक रावल सख्त घाइते भएका थिए । घाइते रावलको उपचारका क्रममा मंगलबार नै मृत्यु  भएको थियो ।

आइतबार रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-१० बाच्छी गाउँस्थित कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिको शहिद मार्ग निर्माण कार्यमा खटिएका लेबर काम गर्ने पुन र रानाले रावललाई कुटपिट गरी लाठीले टाउकोमा प्रहार गरेका प्रहरीले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया