शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०९:०१
वासिङटन डिसी 22:16

दिलिप योञ्जन तामाङको दमदार गीत ‘मुहारै राम्रो ’भिडियो सहित

इनेप्लिज २०७५ फागुन १४ गते ०:०८ मा प्रकाशित

सर्वाधिक लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको डान्सिङ गीत ‘मुहारै राम्रो ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित आफनै छायाँले गीतमा समावेश भएको अर्को सर्वोकृष्ट गीत बजारमा आएको हो ।

आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको हसिलो मुहार र नशालु आखाँको कारण प्रणय सुत्रमा बाँधिन सफल भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

अमेरिकामा बसोबास गरिरहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङको गीतमा शब्द तथा गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज साहस शाक्यले गरेका हुन । गीत जति उत्कृष्ट छ, भिडियामा पनि उतिकै प्रस्तुत गरिएको छ ।
रोनिश तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देश भिडियोमा रहेको छ । ‘मुहारै राम्रो ’ गीतमा एकान्त मगर र खुशिका मग्ररातीको फिचरिङ रहेको छ ।

‘मुहारै राम्रो ’ गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया