सानीलाई दशलाखले हेरे ( भिडियो )

इनेप्लिज २०७५ फागुन ९ गते १९:०५ मा प्रकाशित

भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो ” सानी”ले दर्शक सोर्ताको मन जितेको छ। हालसम्म यस गीतको भिडियोलाई १० लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशक सुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै सम्पुर्ण दर्शक सोर्ता र टिमलाई धन्यवाद दिएका छन।

गायक गैरेको कमब्याक गीतको रूपमा धेरै सोर्ता माझ चिनाउन सफल यस गीतमा उनको आफ्नै एकल स्वर र संगीत रहेको छ । गीतमा शब्द प्रतिमा शर्माको रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन। म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

प्रतिक्रिया