शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:१२
वासिङटन डिसी 03:27

”बारीको फुल “ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ फागुन ९ गते ४:४३ मा प्रकाशित
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ”बारीको फुल “गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा करण  राना मगर र गायिका सपना मगरको आवाज रहेको छ ।
आफनी मायालुले दिएको मायालाई बुझनको लागी कठीन भएको कुरा गीतमा गायकले ब्यक्त गरेका छन । मायाको अर्थ बुझन नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी मायालुलाई मायाको संसारमा सजाउनको लागी गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पिडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”बारीको फुल “ गीतमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ ।

प्रतिक्रिया