जनप्रतिनिधिले कमिसन खान नपाएर बाटो बनाउन नदिएको आरोप, भोट हालेर जिन्दगीमा ठुलो अपराध गरेको महसुश भयो

इनेप्लिज २०७५ फागुन ९ गते ४:२८ मा प्रकाशित
जनप्रतिनिधिले कमिसन खान नपाएर बाटो बनाउन नदिएको आरोप, भोट हालेर जिन्दगीमा ठुलो अपराध गरेको महसुश भयो पोखरा, ७ फागुन । पोखरा महानगरपालिका वडा नं. ५ बासटारी सिमाना मार्ग बाटोको विषयमा स्थानिय र जनप्रतिनिधिबीचको द्धन्दले उग्र रुप लिएको छ । सो बाटो निर्माण गर्ने क्रममा वडा सदस्य अन्जु क्षेत्रीले कमिसन मागेको स्थानियले आरोप लगाएका छन् । उनिहरुले वडा सदस्यको पछि लाग्दा वडा अध्यक्ष धन बहादुर नेपालीले पनि गल्ति गरिरहेको आरोप लगाएका छन् ।
यता वडा अध्यक्षले बाटो बनाउदा बाटो निर्माण समितिका अध्यक्ष युवराज खतिवडाले गुण्डागर्दी गरेको, स्थानिय संग अनावश्यक पैसा असुलेको लगायतका आरोप लगाएका छन् । वडाले उनलाई अध्यक्षबाट बर्खास्त गरेको छ भने स्थानियले खतिवडाको पक्षमा बोलीरहेका छन् । उनिहरुले बन्नै नसक्ने बाटो निर्माण गर्न युवराज खतिवडाले ठूलो संघर्ष गरेर सो सडक बनेको भन्दै सडक निर्माणका क्रममा जनप्रतिनिधिले आफ्नो नाम नआउने भएपछि विवाद सृजना गरेको आरोप लगाएका छन् । उनिहरुले आफुहरुले यस्ता जनप्रतिनिधिलाई भोट हालेर आफुहरुले ठूलो अपराध गरेको र धेरै दुख लागेको बताएका छन् । हेर्नुहोस यो कार्यक्रम कुन जनप्रतिनिधिले कसरी कमिसन मागे

https://www.youtube.com/watch?v=TZ0kvaHoUug

प्रतिक्रिया