आकांक्षा र चाहनाको भारी बोक्दा बोक्दै,
संसार जित्ने महत्वाकांक्षा राख्दा राख्दै,
मलाई फुर्सद कहाँ छ र हजुर!?
मलाई मुक्तिनाथ र सगरमाथा
नियाल्ने मन छ।
मलाई काठमाण्डू र कम्बोडियाको
तुलनात्मक विश्लेषण गर्न मन छ ,
तर मलाई फुर्सद कहाँ छ र हजुर!?
आफ़्नो परिवारसंग संगै बसेर
शान्तपुर्वक बह पोख़्न मन छ ,
आमा बाबाको मायाँ ममता
र गुनासोलाई आत्मसात् गर्ने मन छ
तर मलाई फुर्सद कहाँ छ र हजुर!?
मलाई ढुकुर र राजहंसको समुधुर मायाँ हेर्न मन छ ,
बसाई सर्दै गरेको कर्ल्यंग कुर्लुंगको छायाँ हेर्न मन छ,
तर मलाई फुर्सद कहाँ छ र हजुर!?
आफ्नो गाउँ घरको पाखा पखेरो हेर्ने रहर छ ,
आफ्नो मातृभूमिको मुहार फेर्ने रहर छ,
तर मलाई फुर्सद कहाँ छ र हजुर !?
प्रतिक्रिया