दैलेखी तीन भाइहरु सामाजिक सञ्जालमा भाइरल हुँदै (भिडियोसहित)

इनेप्लिज २०७५ फागुन ८ गते ११:०८ मा प्रकाशित
पछिल्लो समय दैलेखका तीन तारा अथवा बादी गाउँका सुन्दर तीन फूल भनेर तीन जना भाइहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
सुमधुर स्वरका धनि ति तीन बालक सानै उमेरदेखि नै बाटो बाटोमा गीत गाएर पैसा कमाउँथे । भौगोलिक हिसाबले निकै पछाडी परेको दैलेख जिल्लाबाट अहिले तीन भाइ गीत रेकर्डिङका लागि काडमान्डौँ आएका छन् ।
बिकास बादी,सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केहि समयअघि फेसबुकमा भाइरल भएपछि उनीहरुको स्वरको प्रसंसा सबैले गरेका थिए । उक्त गीत सुनेर नै संगीतकार तथा गायक सम्राट चौलागाईंले तीन भाइहरुलाई गीत रेकर्डिङ गराउने भनि काठमाडौँ  ल्याएका हुन् ।

प्रतिक्रिया