ए.आर बुढाथोकी चर्चित संगीतकार तथा गायक टंक बुढाथोकीका छोरा हुन् । ए.आरमा सानै उमेरदेखि नै संगीतमा निकै लगाव छ । हुन त आफ्नै बाबु संगीतकार भएका कारण पनि उनलाई उनलाई संगीत सिक्न सजिलो भएको छ । आज उनै ए.आरको जन्मदिन रहेको छ ।
आजभोली ए.आर टंकले नाकको सहायताले भन्दापनि आफ्ना कलाका कारण चर्चामा छन् । उनलाई चिनाउनको लागि उनको बाबुको नाम त्यति जरुरी पनि देखिदैँन । उनले आफनै बाबु र मेलिना राईले गाएको कसरी कसरी बोलको गीतमा पहिलो पटक कभर गीत गाएका थिए । जसका कारण उनी चर्चामा आए । उनको उक्त भिडियोलाई दर्शकले अत्यन्तै रुचाए ।
आजभोली देश तथा विदेशका हरेक कार्यक्रममा उनका बाबु र अशोकसँगै उनको पनि डिमाण्ड हुन थालेको छ । उनले भर्खरै मात्र आफ्ना बाबु र अशोकसँग गाएको चौरीको चाम्रो छुर्पी बोलको गीत यतिबेला निकै चर्चित छ ।
ए.आर बुढाथोकीले तताए स्टेज “कसरि कसरि कसरि”
https://www.youtube.com/watch?v=_HrzXWmSR-o
प्रतिक्रिया