चर्चित समाज सेवि दानबिर ब्यक्तित्वहरु श्री श्रीजङ साह र वहाँ कि जीवन सङ्गिनी रुद्र कुमारी साह ले एक अर्ब बराबर को सम्पती आँखा अस्पताललाई दान दिएका छ्न । जीवन मा देश प्रती नेपाल रास्ट्र बैकमा सेवा गरेर महत्वपुर्ण योगदान पुर्याउनु भएका श्री जङ साहले नेपाल को बृहतर आर्थिक बिकास र पुजि वृद्धि को विषयमा अन्तरास्ट्रिय मञ्चहरुमा समेत आफ्नो धारणा राख्ने अवसर प्राप्त गरेका थिए भने रसियाका नेता खुस्चेबलाई समेत नजिकबाट चिन्ने अवसर प्राप्त गर्ने उनी नेपाल को पहिलो मानिस थिए ।
आफ्नो जीवन का धेरै रहस्यहरु उदघाटित गर्दै साह ले जीवन मा परोपकार र माया भन्दा ठूलो कुरा केही नभएको बताउदै धर्मनिती ले पनि आफ्नो सम्पतिको दसाम्स दान गर भन्ने रहेको प्रसङ्ग गर्दै छोराछोरी र परिवारको भबिस्य नबिग्रने परिस्थिती भएको अवस्थामा दानगर्नु उत्तम कर्म भएको बताउनु भएको छ आफू उपाध्यक्ष र स्वरर्गिय बडामहारानी ऎस्वर्यलाई पसुपती छेत्र बिकास कोषको सस्थापक अध्यक्ष बनाएर आफूहरुले गरेको योगदान को सम्झना गर्दै आज पसुपती छेत्रको बिकास देख्दा आनन्दलाग्ने गरेको भएपनी धेरै सुधारकार्य बाकी रहेको बताउनु भयो । आफुले परिवार सग सरसल्लाह गरेरै एक अर्ब बराबरको सम्पती आँखा अस्पताललाई दान दिएको भन्दै आफुले गरेको दान ले हजारौ लाखौ मानिसले सेवा लिन सकुन भन्ने भावनाले दान दिएको बताउनु भयो । आफू राजनीतिमा लागेका एसियाली नेताहरु मध्ये भारत का दोस्रो प्रधानमन्त्री लाल बाबू को जीवन शैली बाट असाध्यै प्रभावित भएको भन्दै नेपाल मा त्यस्तै आदर्श भएको नेता मनमोहन अधिकारीलाई पाएको बताउनु भयो । आफू कम्युनिस्ट नभएको स्पष्ट पार्दै साहले मनमोहन अधिकारी जस्तो नेता पाउन नेपाललाई मुस्किल भएको बताउनु भयो ।
प्रतिक्रिया