अमेरिकामा ढोका खोल्ने तरीकाको पनि शिष्टचार ;जान्नै पर्ने केही मूल मन्त्रहरु

विजय थापा २०७५ फागुन ५ गते १:१८ मा प्रकाशित

अमेरिका आउनु अगाडी र आए पछि पनि धेरै कुराहरु जान्न सके राम्रो हुन्छ । आज बिल्कुलै फरक प्रस्तुतिमा केही आफूले जानेका कुराहरु पस्किन जमर्को गर्न मन लागेको छ ।

अमेरिका आए पछि हामी धेरै कुराहरु सिक्दछौ । सिक्ने भन्ने कुरा जीवन भर चलि रहन्छ । नेपालबाट आएका अधिकांशलाई अमेरिका आएर दशकौ बिताएता पनि कैयौ कुरामा सामान्य ज्ञान नराख्दा हामी चुकी रहेका हुन्छौ ।

अमेरिकामा हामी इमान्दारी हुनु पर्छ अर्थात् आउछ भने आउछ र आउदैन भने आउदैन भन्न सक्नु पर्छ । यसैमा हाम्रो भलाई हुन्छ । नेपालबाट आएका अधिकांशलाई ढोका खोल्ने तरिका ,लगाउने तरीका ,सार्बजनिक स्थलमा कसरी ढोका लगाउने ,हुल जमातमा कसरी ढोका छोड्ने भन्ने कुरा नै ज्ञान हामीसंग न हुन् सक्छ ।

हामीले त्यसो नगर्दा पनि कसैले केही भन्दैन । तर हामी अमेरिकामा छौ भने यस्ता कुराहरुको ज्ञान राख्नु पर्छ नत्र पाखे भईन्छ । नेपाल जस्तो आफूले ढ्याम्म गरेर ढोका आवाज दिएर खोल्ने अमेरिकामा प्रचलन हुदैन । राम्रो मानिदैन ।

कुनै ठाउँमा ताती अर्थात् लामबद्ध भएर बसेको छ र भित्र जानु छ भने पछि प्रतिक्षा गर्नेको लागि आफूले ढोका कसरी समात्ने भन्ने कुरा पनि जान्न जरुरी हुन्छ । नेपाल जस्तो आफू भित्र पस्दा अरु लाई के मतलब भने जस्तो गरि ढ्यांग गरि ढोका थुन्दैनन अमेरिकामा । त्यसको शिष्टचार हुन्छ । मानिसहरु आफू पछि प्रतिक्षा गरि बसेका छन् भने के के गर्ने ?

मानिसहरु आफू पछि प्रतिक्षा गरि बसेका छन् भने के के गर्ने ?

कस्तो शिष्टचार पूर्वक ढोका समात्ने आदी कुराहरु जान्न जरुरी हुन्छ । नत्र अमेरिकामा सदैव नेपालको पारा चलि रहन्छ र सो प्रक्रिया हाम्रा सन्तानले अपनाउने छन् । अमेरिका जस्तो देशमा आए पछि त्यो कुराले निकै माने राख्दछ ।

ढोका भित्र आफू पस्दा र अरुलाई भित्र पस्न दिन यस्ता मूल मन्त्रहरु याद गरौ ।

आफू ढोकामा छौ र आफू पछाडी अरु कोही छ भने ढोका खोलेर आफूले पछाडिको मानिसलाई भित्र छिर्न दिने । अमेरिकामा आएका सबै नेपालीले यो कुरा स्मरण गरौ ,हामीलाई बिदेशीहरुले किन त्यसो गरेका हुन् त भन्ने सोचौ । त्यो एउटा शिष्टचारको नमुना हो । यो एक प्रकारको करुणा हो । हामीले कति पटक त्यस्तो देखेका छौ । तर हामी यसो गर्छौ कि गर्दैनौ । यसरी पछाडिको मानिसलाई पहिला आफूले ढोका समातेर जान दिनु स्तरीय शिष्टचारमा पर्दछ ।

यदी ढोकामा लामबद्ध छ भने आफू पहिले छिर्न खोज्नु अशिष्टचार मानिन्छ । भद्र भलाद्मी भएर आफू भन्दा अगाडिको लाई जान दिनु पर्छ । जव तपाई ढोकामा पुग्नु भयो भने ढोका तान्ने र जव सम्म पछिका मानिस भित्र छिर्दैनन तव सम्म हातले ढोका समाई राख्ने । र सवै गए पछि आफू छिर्ने किनभने लामो निकै समय लाग्छ भने भिन्न कुरा हुन्छ । तर केही मानिस मात्र छन् भने त्यसो गर्ने ।

यदि तपाईले ढोका खोल्नु भयो र भित्र पसे पनि हातले ढोका समातेर राखी रहने र अरुलाई भित्र पस्न दिने । प्रथम आउनेले प्रथम सेवा भने झैँ ढोकामा प्रवेश गर्ने क्रममा आफू पहिला भएमा ढोका खुला राखी दिने र अरुलाई जान दिनु पर्छ ।

प्रथम आउनेले प्रथम सेवा भने झैँ ढोकामा प्रवेश गर्ने क्रममा आफू पहिला भएमा ढोका खुला राखी दिने र अरुलाई जान दिनु पर्छ ।

यदी शारीरिक रुपमा अशक्त छ भने उसलाई प्राथमिकता दिनु पर्छ ।

तर सार्बजनिक स्थलमा रहेका ढोकाहरुमा अरु कसैले ढोका खोलि अरुलाई पस्न दिई रहेको देखिएमा आफू गएर केही समय पालो पनि दिन सकिन्छ । तर यसो भन्दैमा ढोका नजिक रहेका र आफू पछि रहेकालाई मात्र यसो गर्नु पर्छ । टाडाबाट आई रहेकालाई प्रतिक्षा गरि रहनु पर्दैन ।

स्मरण रहोस ,पछाडी कोही छ भने भुलेर पनि ढोकालाई ढ्याम्म लगाउनु कदापी हुदैन । परम्परागत रुपमा सार्वजनिक तथा सामाजिक स्थानमा पुरुषहरुले महिलाको लागि ढोका खोल्दछ्न ।

ढोका खोलेर सहयोग गर्ने व्यक्तिलाई हामीले धन्यवाद दिनु पर्छ । यति कुरामा हामी कन्जुस छैनौ ।

यति कुरामा हामी कन्जुस छैनौ ।

अमेरिका आए पछि जानेका छौ तर ढोका खोल्ने क्रम र आफू भित्र छिर्दा पछाडी जो कोही छ भने पनि अज्ञानताको कारण हामी चुकेका हुन् सक्छौ ।

जस्ले ढोका खोलि सहयोग गर्छ भने नरम भद्र भएर धन्यवाद दिनु पर्छ । यदि महिलाको लागि पुरुषले ढोका खोलेको मन पर्दैन भने बिनम्र भएर धन्यवाद भन्दै उसलाई दुख नदिऔ । अमेरिकामा धेरै कुरामा शिष्टचार अपनाउनु र अंगाल्नु पर्ने हुनाले अमेरिका आउनेले याद गरौ । हामी अमेरिकामा छौ भने पनि यो कुरा सबैलाई बुझाऔ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया