प्रेम दिवसको अवसरमा न्यूयोर्कका यूवा गायक रोकेश गुरुङको “म सक्दिन ‘ गीत सार्वजनिक

इनेप्लिज २०७५ फागुन ४ गते २:३३ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको ‘म सक्दिन ‘ गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् ।

शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ । यसै गरि गीतको प्रवन्ध (एरेन्ज) दिवस गुरुङले गरेका हुन् भने भिडियो (श्रव्य दृश्य )को निर्देशन रोकेश गुरुङ ले गरेका हुन् । सुरेन्द्र मान सिंहले दृश्य सम्पादन गरेका हुन् । भिडियोमा गायक रोकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् ।

‘म सक्दिन ‘ गीतको भिडियो प्रेम तथा शोकपूर्ण सहितको गीत हो । उक्त गीतमा प्रेमीले आफ्नी प्रेमिकाको निम्ति समर्पण गर्दै गाएका छन् । किनभने प्रेमिका क्यान्सर बाट पीडित छिन् भने उनि केही समय पछि संसारबाट बिदा लिने अवस्थामा पुगेको उक्त भिडियोमा चित्रण गरिएको छ ।

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का दिन उपयुक्त हुने ठानी म सक्दिन गीत सार्बजनिक गरेको यूवा गायक रोकेश गुरुङले बताए ।
गायक गुरुङ न्यु योर्कमा बसोबास गर्छन भने उनि गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,कार्यक्रम योजनाकार ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक हुन् ।

काठमाडौँ लिटल एन्जेल्स कलेज (महा बिद्यालय)बाट अध्ययन गइ उच्च शिक्षाको लागि अमेरिका आई मिनेसोटा बाट एमबिए गरेका छन् । मिनेसोटामा रहदा नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेपाली बिद्यार्थी संघ )का अध्यक्ष समेत रहेका गायक गुरुङ हाल लुक्सो कम्पनि (प्रतिष्ठान)महा प्रबन्धक तथा मनाङ्ग समाज युएसए का अध्यक्ष समेत हुन् ।

यसको अतिरिक्त उनि प्रसिद्ध डिजे पनि हुन् भने अमेरिकामा प्रख्यात कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् ।

न्यू योर्कमा रहेता पनि डिजे कार्यक्रमको लागि गायक अमेरिकाको भ्रमण गरि रहेका हुन्छन । कलाकारको साथै आफूले परदेशमा कमाएको केही अंश समाज सेवामा खर्चिने गर्छन । उनले अन्धाबालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई अर्थ दान पनि गरेका छन् ।

यसको अतिरिक्त युवा गायक रोकेश गुरुङ लिटल एन्जेल्स कलेजमा हुदा पौडीका स्वर्ण पदक बिजेता पनि हुन् । गिटारको अतिरिक्त गायक गुरुङ बास्केट बल ,पौडी ,लन टेनिस पनि खेल्दछन ।

प्रतिक्रिया