मोडल दिपा मगरको निर्देशनमा गायक अमन अलिको “क्यारनु नि हौ” सार्बजनिक (भिडियो सहित )

इनेप्लिज २०७५ फागुन ३ गते ११:३१ मा प्रकाशित

काठमाडौँ : सुमधुर आवाजका धनि गायक अमन अलिको नयाँ गीतको म्युजिक भिडियो “क्यारनु नि हौ” सार्बजनिक भएको छ l दर्जनौ गीतहरुमा अभिनय गरेकी तथा नृत्यमा पोख्त मोडल दिपा मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चार जना  मोडलहरुलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ l

गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज बिकाश के. शंकरले गरेका छन् l छायाँकार मनोज राइले छायांकन गरेको यस गीतको भिडियोलाइ राईलेनै सम्पदान समेत गरेका छन् l मोडल तथा निर्देशक दिपा मगरले निर्देशन गरेको यस म्युजिक भिडियोमा आरजे,प्रजिना, दिपा तथा जिबनको दमदार अभिनय रहेको छ l भिडियो हेर्नुहोस :

प्रतिक्रिया