डा.युवराज सङ्ग्रौला: नाथे एउटा किर्केट रङ्गशाला भनाउन सरकार धुर्मुस लाई भन्छ।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ३ गते ४:५५ मा प्रकाशित

डाक्टर युवराज सग्रौलाले धुर्मुससुन्तली को कृकेट मैदान बनाउने कार्य सकारात्मक भएको ले आफुले पनि सघाउने बताउनु भएको छ , सरकारले सबै तिर राम्रा काम गरिरहेको र अबका केही बर्ष मा मुलुकको मुहार फेरिने ठोकुवा नै गर्नुभएको छ । बिकासमा साना ठुला सबै परियोजना आवस्यक हुने भएकोले सरकारले ठुला थुप्रै कारेक्रम अगाडी सारेपनी साना साना आवस्यकतालाई समेत प्राथमिकतामा राख्नु आवस्यक रहेको सुझाव दिनु भएको छ ।

नेपाल कृषि बाटै समृद्ध बन्ने भन्दै सग्रौलाले कृषि मा विशेष जोड दिन सके यो सरकार आफै दरिलो र भरपर्दो भएर जाने उल्लेख गर्नु भएको छ । किसान का समस्या झनै जटिल बन्दै गएको प्रती चिन्ता व्यक्त गर्दै वहाले नेपाललाई कमजोर पार्न कृषि माथी पनि हमला र षड्यन्त्र हुनेगरेको भन्दै बिदेशी भुमिमा बसेर देश को चिन्ता गरिरहेका सबै युवा देश मा फर्किएर कृषि उद्यम मा लाग्न र बिदेश नजान आग्रह गर्दै मुलुकको निर्माण गाली गलौज र आलोचना ले भन्दा पनि आफ्नै देश मा गरिने श्रम र पसिनाले मात्र सम्भवहुने भएको ले मुलुक र सरकारलाई आज जनताको सकारात्मक सहयोग को खाचोरहेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया