प्रेम दिवस- भक्त गुरुग

इनेप्लिज २०७५ फागुन ३ गते २:०७ मा प्रकाशित


प्रेम कहिले पानी जस्तो
प्रेम कहिले हुरी जस्तो
प्रेम कहिले आगो जस्तो
कहिले काँचो धागो जस्तो।

कहिले प्रेम मुलाको साग जस्तो
कहिले प्रेम प्याजको राग जस्तो
कहिले प्रेम कमलको फूल जस्तो
कहिले प्रेम समयको भूल जस्तो

कहिले प्रेम पुर्णिमाको जुन जस्तो
कहिले प्रेम तिर्नै नस्कने गुन जस्तो
कहिले प्रेम कलिलो घाम जस्तो
कहिले प्रेम सँधै सम्झिने नाम जस्तो

जे भए पनि प्रेम•••••••
पतझड पछिको वहार जस्तो
जिन्दगीलाई प्रकृतिले दिएको
अनुपम अमुल्य उपहार जस्तो !

 

प्रतिक्रिया