‘भ्यालेनटाइन डे’ को अवसरमा भाइरल जोडीले दिए यस्तो सन्देश (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २ गते ११:३९ मा प्रकाशित

काठमाडौँ: आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस विश्वभर एक-आपसमा उपहार साटासाट गरी मनाइँरहँदा पछिल्लो समय सामाजिक संजालमा भाइरल भएका होचा पुड्का संघका महासचिब लेख मोक्तान र उपाध्यक्ष रुकमणि खड्का नाइट डिनरको साथमा उपत्यकाबाट नजिकै माया साटासाट गर्ने जमर्कोमा छन ।

फाल्गुन २० र २१ गते हुने होचा पुड्का संघको राष्ट्रिय भेला नजिकिदै गएको सन्दर्भमा व्यस्त बनेका यो जोडी प्रणय दिवसबारे बिदेशी संस्कृति र संगसंगै जोडिएको विकृतिको कारण खासै राम्रो त मान्दैनन तर आफ्नो माया साटासाट गर्न आजको दिनलाई आफुले भ्याएअनुसार स्मरणीय बनाउन चाहन्छन।

विवाह भएको २ महिना बितेको सन्दर्भमा श्रीमान काममा नै व्यस्त हुने भएको कारण खुलेर माया साटासाट गरि समय व्यतित गर्न नपाएको रुकमणिले बताइन। सन्तानको बिषयमा भने अहिले सोचिनसकेको जोडीले बताए। पछिल्लो समय सामाजिक संजालमा जन्म दिने बाबुआमालाई आफ्नै सन्तानले बृद्धाश्रम पुर्याएको खबर पढ्दा नमज्जा भएको कारण आफुहरुलाई सन्तानको इच्छा पनि घटेको जोडीले बताए।

हेर्नुस भिडियोमा

प्रतिक्रिया