पल संग प्रेमका कुरा, भ्यालेण्टाईन डेमा कस्लाई हो प्रेमका सब्दहरु ? (भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २ गते ११:३५ मा प्रकाशित


ईटहरी/ नेपालमा युट्युबले धेरैको जिन्दगीलाई परिवर्तन गरेको छ । धेरै सेलिब्रेटी भएका छन् भने धेरै दुख पाएकाहरुले भरपुर सहयोग बटुलिरहेका छन् । यस्तै सेलिब्रेटी बन्ने हरुको लर्कोमा पर्छन पल लिम्बु । गायन विधामा निक्कै सुनिन थालेको नाम हो पल लिम्बु । युट्युबबाटै कभर गीत हरु गाएर चर्चामा आएका पल यतिबेला कार्यक्रमहरुमा ब्यस्त छन् । हेर्नुस उनि संग भ्यालेण्टाईन डे बिशेष बनाएर गरिएको प्रेमका रमाईलो कुराकानी ।

बिशेष गरि माया पिरतीका गीतहरु गाउने पल युवतीहरु माझ अलि बढी लोकप्रिय छन् । अरुको गीतहरु गाउने उनले अब भने आफ्नै गीतहरुको पनि तयारि गरिरहेका छन् । आफ्नै गीतहरुको अन्तिम तयारीमा रहेका उनले अफिसियल म्युजिक भिडियो र गीतहरुलाई एकैसाथ सार्बजनिक गर्ने बताए । यतिबेला देशका विभिन्न स्टेज कार्यक्रमहरुमा उनको माग निक्कै बढिरहेको छ । ईटहरी घर भएका पल आजभोलि काठमाण्डौ बसेर सांगीतिक दुनियामा रमाईरहेका छन्

प्रतिक्रिया